जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाक...
पुस २, २०८१ मंगलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरेअनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दिनु भएको हो ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार बसेको प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्वन्द्वमा फसेका नीतिहरुलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आवश्यक नीति पुनरावलोकन गर्न प्रधानमन्त्रीले प्रतिष्ठानलाई निर्देशन दिनु भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको काममा सरकारले हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विद्यमान नीति पुनरावलोकन गर्न समाजशास्त्री डा. चैतन्य मिश्रको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु रहेको प्रतिष्ठान गठन गर्नु भएको थियो ।
प्रतिष्ठानको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले ल्याएको अनुसन्धानको विषयलाई सरकारले आवश्यक्ता अनुसार प्रयोग गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणको काम अघि बढन नसक्नुमा विद्यमान नीति मूल कारण रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर आवश्यक नीति तय गर्न पनि प्रतिष्ठानसँग आग्रह गर्नुभयो । प्रतिष्ठानलाई सरकारको नीति, निर्माण गर्ने सबै तहलाई संयोजन गरेर अघि बढने कार्यादेशसमेत दिइएको छ ।
प्रधानमन्त्री ओलीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमूलक र तथ्य ढंगले जानकारी ल्याउने उद्धेश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पार्नुभएको छ । ‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ?’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’
सरकारको ‘थिंक टयांक’ को रुपमा रहेको मिश्र नेतृत्वको प्रतिष्ठानका सदस्यहरुमा डा. मिना आचार्य, डा. सुरेन्द्र लाल, डा. राजेन्द्रध्वज जोशी र गणेशमान गुरुङ सदस्य रहनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।