डाक्टर भन्छन् – घुस दिन नसकेर राजीनामा दिएँ, मन्त्रालय भन्छ– खटाएको ठाउँमा नगएर अटेरी गरे

 मंसिर ५, २०७५ बुधबार ८:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुवराज अधिकारीले चाकडी र घुस दिन नसक्दा आफ्नो काज सरुवा नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले मंगलबार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै चाकडी र घुसको रकम पुर्‍याउन नसक्दा राजीनामा दिएको उल्लेख गर्नुभएको हो । उहाँले लेखेको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने डाक्टर अधिकारीको आरोपको खण्डन गरेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठका अनुसार डा. अधिकारीलाई आठौं तहबाट नवौं तहमा बढुवा गरेर गण्डकी अस्पताल पोखरामा पदस्थापन गरिएको थियो । तर डा. अधिकारी खटाएको ठाउँमा एक दिन पनि हाजिर नभएको उहाँको भनाइ छ ।

एक दिन भए पनि सरुवा गरेको कार्यालयमा गएर हाजिर गर्नुहोस्, अनि वीर अस्पतालमै काज सरुवा गरौंला भन्दा समेत डा. अधिकारीले अवज्ञा गरेको मन्त्रालयको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया