मलेसियामा एक नेपालीको शव भेटियो

 मंसिर ५, २०७५ बुधबार १४:१९:५७ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियामा एक नेपालीको शव भेटिएको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ । 

‘उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले सुरक्षा गार्डको पोशाक लगाएका थिए,’ प्रहरीको भनाईलाई उद्धृत गर्दै मलेसियाको अनलाइन ‘द स्टार’ले लेखेको छ । 

मृतक नेपाली भएको प्रहरीले बताए पनि उनको परिचय भने समाचारमा उल्लेख गरिएको छैन । कसैले हत्या गरेको हो वा उनको अरु नै कारणले मृत्यु भएको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया