प्रसिद्ध भारतीय तबलावादक जाकिर हुसेन नेपाल आउने

 मंसिर ५, २०७५ बुधबार २०:२३:४६ | रासस
unn.prixa.net

काठमाडौं – नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक–सामाजिक विकासका साथै शैक्षिक एवं सांस्कृतिक उन्नयनमा पनि भारतले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । 

भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा आउँदो मङ्गलबार राजदूत निवासको पटाङ्गिनीमा विश्वविख्यात तबलावादक उस्ताद जाकिर हुसेनले प्रस्तुत गर्ने साङ्गीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटमा राजदूत पुरीले नेपालप्रति भारत सधैँ सकारात्मक र सहयोगी रहेको दोहोर्‍याउनुभयो । 

भाषा, साहित्य, कला, संस्कृतिका साथै गीतसङ्गीतका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उहाँले भारत र नेपालबीचको शताब्दीऔँ पुरानो सांस्कृतिक सम्बन्ध जाकिर हुसेनको प्रस्तुतिबाट नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

‘नेपाली कलाकार ज्यादै प्रतिभावान हुनुहुन्छ, हामी कलाकार आदानप्रदान गरेर एकअर्कालाई मनोरञ्जनमात्र दिँदैनाँै सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा योगदान पनि गर्छौँ’, नेपाली र भारतीय नागरिक गीतसङ्गीतका माध्यमबाट जोडिरहेका र त्यो सम्बन्ध देशीय सिमानारहित रहेको प्रस्ट्याउँदै राजदूत पुरीले भन्नुभयो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया