प्रधानमन्त्री ओलीले आज पनि मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्ने

 मंसिर ६, २०७५ बिहिबार ९:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पनि विभिन्न मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै हुनुहुन्छ । उहाँले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि, अर्थ, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्री र सचिवसँग छलफल गर्न लाग्नुभएको हो । 

छलफल बिहान १० बजेदेखि सिंहदरबारमा सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले पनि नागरिकको अपेक्षा र आफैँले गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समिक्षा गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बुधबार पूर्वाधार विकाससँग सम्बन्धित मन्त्री र सचिवसँग छलफल गर्दै प्रगति विवरण माग्नुभएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया