मेहनत गरेर मात्र निर्देशनमा फर्किन्छु : निश्चल बस्नेत

 मंसिर ६, २०७५ बिहीबार १२:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र नगरीका चर्चित निर्देशकमध्येका एक हुन् निर्देशक निश्चल बस्नेत । उनलाई चलचित्र नगरीका बहुमुखी प्रतिभाका धनीका रुपमा समेत चिन्ने गरिन्छ ।

उनी निर्देशनमा त सफल मानिन्छन् नै सँगै गायन तथा अभिनयमा पनि उत्तिकै चर्चित छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनले गाएका अधिकांश गीत दर्शकले मन पराएका छन् । उनले निर्देशन गरेका अधिकांश चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । 

त्यतिमात्र हैन उनी चलचित्र निर्माता, लेखक तथा डान्सरका रुपमा पनि आफूलाई स्थापित गर्न सफल भएका छन् । उनी चलचित्र लूटबाट नेपाली चलचित्र क्षेत्रमा उदाएका थिए । उनले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले अत्यन्तै मन पराएका थिए । त्यस समयको नेपाली चलचित्र नगरीमा सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो उनीद्वारा निर्देशित चलचित्र लूटले । लूटले दर्शकको मन जिते सँगै उनले सफल निर्देशकको ट्याग पाए । त्यसपछि उनले चलचित्र टलकजंग भर्सेस टुल्के निर्देशन गरे । 

चलचित्र अपेक्षा गरेअनुरुप सफल नभए पनि उनको कामले भने चौतर्फी प्रशंसा बटुलेको थियो । उनले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘लूट २’ । ‘लूट २’ लाई पनि दर्शकले मन पराएका थिए । उनले निर्माण गरेका चलचित्र अन्तर्गत भने कबड्डी, कबड्डी कबड्डी, २ रुपैयाँ हुन् । उनले अन्य केही चलचित्रहरुमा अभिनय त गरेका छन् नै विभिन्न चलचित्रका आइटम गीतहरु गाउनुको साथै नृत्यसमेत गरेका छन् । 

यतिबेला उनी निर्देशनमा भन्दा पनि अभिनयमा जोड दिइरहेका छन् । यस्को मतलब उनले निर्देशनलाई बिर्सिएका भने हैनन् । ‘मलाई चलचित्र टलक जंग भर्सेस टुल्के र लूट २ ले केही पाठ सिकाएको छ । म चलचित्र निर्देशन गर्छु तर अझै केही समय लाग्छ’, निश्चलले भने ।

अहिले उनले अभिनय गरेको चलचित्र प्रसाद प्रदर्शनको संघारमा छ । ‘चलचित्र प्रसादमा केही फरक भूमिकामा प्रस्तुत भएको छु’, उनले भने । चलचित्र प्रसादमा निश्चल बस्नेतसँगै विपिन कार्की र नम्रता श्रेष्ठ लिड रोलमा छन् ।  चलचित्र मंसिर २१ गते बाट अल नेपाल प्रदर्शन हुँदैछ ।

–उज्यालाे र गफगाफकाे सहकार्यमा

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया