पुष ४ गतेभित्र सम्झौता गर्न नआए ठेक्का प्रक्रियामा जाने

 मंसिर ६, २०७५ बिहीबार १४:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले पुस ४ गतेभित्र उपभोक्ता समिति गठन गरेर सम्झौता गर्न नआए सबै योजना ठेक्का प्रक्रियामार्फत गर्ने भएको छ । 

असारे विकासका कारण काम नभएको गुनासो आइरहेका बेलामा गाउँपालिकाले समयमा नै योजना सम्पन्न गर्नका लागि कडाई गरेको हो । गाउँपालिकाभित्र हुने विकासका काम निर्धारित समयमा नै सम्पन्न गर्नका लागि गाउँ कार्यपालिकाको बैठकले यस प्रकारको निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।  

‘उपभोक्ता समितिले काम गर्नका लागि पुष ४ गते भित्रै सम्झौता गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘५ गते कटेपछि हजारदेखि करोडसम्मका योजना ठेक्का प्रक्रियामा लैजान्छौँ ।’ यो गाउँपालिकामा ५ वटा वडा रहेको छ । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया