दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
लमजुङ – मर्स्याङ्दी गाउँपालिका–२, घनपोखराको थाम्रोभीरमा ‘हनी हन्टिङ’ अर्थात् मह शिकार गरिएको छ । प्रथम मर्स्याङ्दी महोत्सवको अवसरमा थाम्रोभीरमा मह शिकार गरिएको हो । पर्यटन प्रवर्द्धनको लागि मह शिकारलाई महोत्सवको एक मुख्य आकर्षण बनाएको आयोजकले जनाएको छ ।
३५ वर्षीय बुद्धिबहादुर गुरुङ, ३० वर्षीय रुद्धबहादुर गुरुङ र ४६ वर्षीय भक्तबहादुर गुरुङले कहालीलाग्दो भीरमा मह शिकार गरेका हुन् ।
छङ्गाछुर भीरमा डोरीकै भरमा मह शिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । मह शिकार हेर्ने दर्शकको घुइँचो नै लागेको थियो । मह शिकार गरेको हेर्न रमाइलो हुन्छ । तर मह शिकार गर्न निकै कठीन हुन्छ । ज्यानको बाजी नै थापेर जोखिम मोलेरै ‘महसुर’ मह शिकारीले मात्रै मह शिकार गर्न सक्छन् ।
मह शिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै रमाइलो अनुभूती भएको नौथरका युवराज अधिकारीले बताउनुभयो । मह शिकार हेर्न थाम्रोभीरमा पुगेका दर्शकले मह शिकार मात्र हेरेनन् भीर महसमेत खरिद गरेका छन् । मह शिकार गरेकै स्थलमा प्रति माना ७ सय रुपैयाँका दरले ४० माना मह बिक्री भएको छ ।
प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार । कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गएको मंसिर ३ गतेबाट सञ्चालन भएको हो । महोत्सवको बिहीबार समापन गरिएको छ ।
मौलिक, कला, धर्म–संस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवर्द्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका थिए ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।