उज्यालो समाचार प्रभाव: आयल निगम महेन्द्रनगरका डिपो प्रमुखसहित अभाव सृजना गर्ने दाजुभाई पक्राउ

 जेठ २८, २०७५ सोमबार १८:५७:४७ | शैलेन्द्र महतो

धनुषा – पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना गरी बजारमा कालोबजारी गराएको आरोपमा प्रहरीले डिपो प्रमुख सहित तीनजनालाई पक्राउ गरेको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डिपोका प्रमुख मनमोहन साह सहित तीनजनालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको निर्देशनमा प्रहरीले सोमबार साँझ ५ बजे पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्ने अन्य व्यक्तिहरुमा प्रेट्रोल पम्प व्यवसायीहरुको संस्था पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र उनकै आफ्ना दाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकर चालकहरुको संगठन पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साह रहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

उज्यालो अनलाईनमा दाईभाईको विवादमा धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको हाहाकारसम्बन्धी समाचार प्रकाशन भएको थियो ।

त्यसको केही समय पछि मन्त्री यादवले जनकपुरको जिरोमाइलमा रहेको एउटा पेट्रोल पम्पमा छड्के गर्नुभएको थियो ।

छड्केका क्रममा कालोबजारी गरेको पाईए पछि उहाँले तीनै जनालाई पक्राउ गर्न निर्देशन दिनुभएको हो ।

तीनै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया