त्रिभुवन विमानस्थल परिसरको पार्किङ सर्‍याे,  ट्याक्सी पार्किङको ठाउँमा अब हरियाली

 मंसिर ९, २०७५ आइतबार १६:४८:४६ | उज्यालो सहकर्मी

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश पनि जाम अनि जमिनमा पनि जाम हुँदै आएको छ ।

विमानस्थलको क्षमता कम तर उडान र अवतरण धेरै हुँदा आकाशमा जहाजको जाम हुने गरेको छ । त्यस्तै विमानस्थल परिसरमा पनि गाडीको जाम हुँदै आएको थियो । तर आइतबारदेखि भने विमानस्थलको टर्मिनल भवन बाहिर जाम हुने छैन । किनकी विमानस्थलको छेउमा आइतबारदेखि नयाँ पार्किङ क्षेत्र सञ्चालमा आएको छ ।

रिङरोडको छेउमा रहेको भवनमा बनाइएको पार्किङ भवनको आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो । आइतबारदेखि विमानस्थल यात्रु पुर्‍याउन जाने र लिन जाने निजी गाडी तथा ट्याक्सी पार्किङ भवनमा मात्रै पार्किङ हुनेछन् । अहिले रहेको पार्किङ स्थलमा भने भीआईपीका गाडी मात्रै पार्किङ गरिनेछ ।

अहिले विमानस्थल भवनको परिसरमै सयौं ट्याक्सी र निजी गाडी पार्किङ हुँदै आएका छन् । अब भने त्यो ठाउँमा जम्मा १० वटा मात्रै ट्याक्सी राखिने र बाँकी ठाउँमा हरियाली प्रवद्धन गरिने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले पार्किङ रहेको स्थानमा छिटै नै बृक्षारोपण गरेर विमानस्थल परिसर आकर्षक बनाइने पनि कार्यालयले जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया