तेस्रो टी–२०: अष्ट्रेलियालार्इ ६ विकेटले हराउँदै भारतले श्रृंखला बराबरी गर्‍याे

 मंसिर ९, २०७५ आइतबार १८:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा भारत ६ विकेटले विजयी भएको छ ।

जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक एकको बराबरी गरेको छ ।

सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डार्सी शर्टले ३३ रन बनाए भने आरोन फिन्चले २८ रन बनाए । यस्तै स्टोइनिसले २५ र एलेक्स क्यारेले २७ रनको योगदान गरे ।

बलिङतर्फ भारतका क्रुणाल पाण्ड्याले चार विकेट लिए ।

जवाफमा भारतले १९ ओभर चार बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु तीन विकेट सस्तैमा गुमाउँदा उसले एक सय आठ रनमा चार विकेट खेर फाल्यो ।

भारतका लागि शिखर धवनले ४१ रन बनाए भने रोहित शर्माले २३ रनको योगदान गरे । यस्तै लोकेश राहुलले १४ रन बनाउँदा कप्तान विराट कोहलीले कप्तानी पारी खेल्दै अर्धसतक बनाए ।

उनले अविजित ६१ रन बनाए । यस्तै दिनेश कार्तिकले २२ रन थपे ।

धाेनीकाे ठाउँमा ल्याइएका ऋशभ पन्तले खाता खोल्न सकेनन् । ५७ महिना पछि सिड्नीमा टी–२० खेल खेलेका मिचेल स्टार्कसँगै ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

तीन खेलको सिरिजमा पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने दोस्रो खेल बर्षाले रद्द भएको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया