निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यमा सुधार

 मंसिर १०, २०७५ सोमबार १९:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । 

त्रिवि शिक्षण अस्पतालमा यज्ञराज पन्तको उपचार भइरहेको छ । उहाँलाई ल्याउँदाको अवस्था भन्दा अहिले धेरै सुधार भएको डाक्टर सरोज ओझाले बताउनुभयो । डाक्टर ओझाले तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि यज्ञराज पन्तको मानसिक स्वास्थ्य अवस्था सामान्य रहेको  बताउनुभयो । 

यज्ञराज पन्तको स्वास्थ्य परीक्षणकै क्रममा रहेको पनि डाक्टरले बताएका छन् ।  बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि धर्नामा बसेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि आइतबार उपचारका लागि उहाँलाई काठमाडौंको शिक्षण अस्पताल ल्याइएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया