विप्लवद्वारा रामेछापमा सर्वसाधारणको ९९ रोपनी जग्गा कब्जा

 जेठ २९, २०७५ मंगलबार ११:२४:४८ | दीपक भट्ट
unn.prixa.net

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ ।

२०३९ सालमा जग्गा नापीनक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकलाई पास गरिदिने भन्दै अहिलेको दोरम्वा गाउँपालिका वडा नं २ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा नं १ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ वडा नं २ का तेजबहादुर तामाङ र रोजवहादुर तामाङले जग्गा आफ्नो नाममा पारेको र पछि अन्य नागरिकलाई जग्गा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरुले जग्गामा पार्टीको झण्डा गाडी जग्गा कव्जामा लिएको जनाएको छ ।

यो जग्गा आइतबार रातिबाट आफ्नो पार्टीले कब्जामा लिएको उनीहरुले बताएका छन् । जग्गा सर्वसाधारण नागरिकलाई पनि दिने भन्दै सुरुमा पैसा असुलेको तर अहिलेसम्म पैसा तिर्ने नागरिकलाई जग्गा पनि नदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै जग्गा कब्जा गरेको नेकपा जिल्ला जनपरिषदले जानकारी दिएको छ । 

कव्जामा लिएको जग्गा कोही कसैले हस्तक्षेप गर्न खोजे जिल्ला जनपरिषद रामेछापले सार्वजनिक अपिल गर्दै जुनसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • प्रदिप कुमार योन्जन

    June 12, 2018, 7:24 p.m.

    त्यो सर्वसाधारणको जग्गा भन्न मिल्दैन दलाल फटाह तानाशाहीको थियो जे गर्यो राम्रै गर्यो

  •  0 Reply
  • सुरज सोनि

    June 12, 2018, 3 p.m.

    सर्बसाधारन को ९९रोपनी कहाँ हुन्छ र हजुर।त्यो पनि कुनै पैसा वाला नै हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया