छोरीहरुलाई ‘बहादुर’ बनाउन रेखा थापा पुगिन् प्रदेश २ मा

 मंसिर ११, २०७५ मंगलबार १६:५५:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सफल पार्न सहयोग गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री कार्यालयले मंगलबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा नायिका थापाले प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान निकै मन परेको र आफू पनि मधेशकी छोरी भएकाले सफल पार्न सहयोग गर्ने बताउनुभयो ।

छोरी भएर जन्मिनुमा धेरै दुख रहेको कुरा आफूले छोरी र आमाहरुको पीडा देखेर महसुस गरेको बताउँदै नायिका थापाले यस्तो विकृतिहरुलाई अन्त्य गर्न आफू ‘रियल लाइफ’मा आगाडि बढेको विचार व्यक्त गर्नुभयो ।

‘फिल्मी क्षेत्रमा लागेको १८ वर्ष भयो । फिल्म मार्फत अभिनय गरेर पनि छोरीहरुलाई जागरुक बनाउन सक्छु, समाज रुपान्तरण गर्न खोजेँ । तर मेरो सबै प्रयास मिथ्या सावित भयो । मेरो उद्देश्य पूरा भएन’, नायिका थापाले भन्नुभयो, ‘मलाई के लाग्यो भने म पर्दाको नायकभन्दा ‘रियल लाइफ’मा ग्राउण्डमा, मधेशमा गएर मेरो उद्देश्य प्रष्ट पार्नुपर्छ । र, हरेक छोरीलाई ‘बहादुर’ बनाउनुपर्छ । त्यसैले रोखा थापा फाउण्डेशन खोलेर हिमाल पहाडदेखि मधेशसम्म आएकी छु ।’

आफ्नो जन्मभूमि मधेश भएकाले पहाडसँगभन्दा मधेशसंँग बढी लगाव भएको प्रष्ट पार्दैै नायिका थापाले यहाँको संस्कार र संस्कृति आफूलाई राम्ररी थाहा भएकाले मधेशमा छोरीहरुलाई जागरुक बनाउन अभियान लिएर आएको बताउनुभयो ।

नायिका थापाले भन्नुभयो, ‘आँफ्नै आँखा अगाडि कुनै छोरीको जर्बजस्ती गर्भपतन गरेको देख्दा मलाई त्यही दिनदेखि नारीको वकालत गर्ने इच्छा जाग्यो । त्यसैले सपनाविहीन छोरी र निराश आमाहरुलाई जागाउन यो अभिआनमा लागेँ ।’

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले नायिका थापाको सहयोगले प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई टेवा पुग्ने बताउनुभयो ।उहाँले प्रदेश २ को आठ वटै जिल्लामा सरकारको प्रत्यक्ष निगरानीमा रेखा थापा फाउण्डेशनले काम गर्ने भएकाले अभियान झनै  प्रभावकारी हुने मुख्यमन्त्री राउतको भनाई थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया