यस्तो छ ट्रम्प र किमबीच भएको चार बुँदे सम्झौता

 जेठ २९, २०७५ मंगलबार १४:१२:१४ | उज्यालो सहकर्मी

सिंगापुरमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ ।

पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको तनाव यो सम्झौताबाट अन्त्य भएको दुवै देशका नेताहरुले बताएका छन् ।

सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ । 

सम्झौतापत्रमा उल्लेखित चार बुँदा 

  •  संयुक्त राज्य अमेरिका र उत्तर कोरियाद्धारा दुवै राष्ट्रका नागरिकहरुको शान्ति र समुद्धिको आकांक्षा अनुरुप दुवै देशबीच नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता व्यक्त
  •  संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्धीपलाई दीर्घकालीन र स्थिर शान्ति क्षेत्र बनाउन हातेमालो गर्ने
  •  गएको अप्रिल २७ मा पान्मुनजोन घोषणपत्रलाई सार्वजनिक रुपमा दोहोर्याउँदै उत्तर कोरिया र कोरियाली प्रायद्धीपलाइ पूर्णरुपमा आणविक हतियारमुक्त बनाउने 
  • संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच कैदीबन्दी र युद्धका क्रममा बेपत्ताहरुको अवशेष पुन प्राप्त गर्ने र पहिले नै सनाखत भइसकेकालाई तत्काल सुपुर्दगी गर्नको लागि दुवै देशको प्रतिवद्धता

संयुक्त सम्झाैतापत्रमा हस्तक्षर गर्दै ट्रम्पले दुर्इ देशबीचकाे वार्ता फलदायी भएकाे बताएका छन् ।  उनले दुर्इ देशकाे वार्ता साेचेभन्दा राम्राे भएकाे प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाले आफ्नो देशको आणविक कार्य अन्त्य गर्ने बताएको छ भने अमेरिकाले उत्तर कोरियाका लागि विशेष सुरक्षा दिने प्रत्याभूति दिएको छ ।

ट्रम्पले आणविक कार्यको अन्त्य छिट्टै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उत्तर कोरियाका अधिकारी र अमेरिकी अधिकारीबीच आणविक कार्यको अन्त्य गर्ने विषयमा चाँडै नै भेटवार्ता हुने बताइएको छ । 

झण्डै पाँच घण्टाको अप्रत्यासित वार्तामा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुबीच नयाँ मित्रता बढेको बताएका हुन् । ‘हामी दुवैजना मिलेर केही गर्न चाहन्छौं । हामीले केही गर्दैछौं । र हामीले विशेष खालको सम्बन्ध बनाएका छौं’, ट्रम्पले भनेका छन् ।

किम र ट्रम्पकाे वार्तामा  चीनकाे अाँखा

चीनका विदेश मन्त्रालयले उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्तापछि उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटाउन सक्ने अनुमान गरेकोे छ ।

चीनका अधिकारीहरुले अमेरिकाले प्योङयाङमाथि अत्याधिक दबाब दिने भनेर लगाएको आर्थिक प्रतिबन्ध चीनले लागू नगरेको टिप्पणी गरेका छन् । चीनले उत्तर कोरियाका लागि ९० प्रतिशत व्यापार आफूहरुले गरेको दाबी गरेको छ । 

अमेरिकाले उत्तर कोरियामाथि अत्यधिक दबाब बनाउन गरेको आग्रहलाई लत्याउँदै चीनले उत्तर कोरियामा एकलोटी व्यापारको मजा लिइरहेको टिप्पणी पनि भइरहेको थियाे । शिखर वार्तापछिको पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर कोरियामाथिको प्रतिबन्ध कार्यान्वयन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका थिए ।

अाशंका

२० वर्षसम्म उत्तर कोरियाली सेनाको साइबर ह्याकिङ विभागमा अधिकारीका रुपमा काम गरेर सन् २००६ मा दक्षिण कोरिया भागेका चोइ जुङ हुनले यो शिखर वार्ताले किमलाई मात्र फाइदा हुने बताएका छन् ।

‘ट्रम्पले किमसँग पूरै हारे, यो उनको राननीतिक नाटक मात्र भयो, उत्तर कोरियाले आफूलाई आवश्यक सबै कुरा जित्यो’, हुनले भने, ‘आणविक निशष्त्रिकरण भनेको छ तर विस्तृतमा केही खुलाइएको छैन ।’ हुनले उत्तर कोरियाले १ लाख बीस हजार राजनीतिक बन्दीहरु राखेको र यो मानवताविरोधी अपराध भएको बताएका छन् ।

अर्का शरणार्थी जुङ ग्वाङ इलले अमेरिकाले उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति गर्नुले किम सत्तामा रहने र आफ्ना नागरिकलाई अझै यातना दिन सहज हुने बुझिएको बताएका छन् । इल उत्तर कोरियाका लागि जासूसी गर्ने गर्दथे ।  ‘उत्तर कोरियाका नागरिक मरिरहँदा आणविक निशष्त्रिकरण हुनुले केही अर्थ राख्दैन,’ इलले भने ।

अमेरिका र क्यानडाबीच सम्बन्ध बनाउन किमको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताभन्दा एक दिन अगाडि उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिका र क्यानडाबीच शान्ति सम्झौता गर्न आग्रह गरेका थिए ।

सिंगापुरको होटेलमा पत्रकारहरुसँग कुरा गर्दै किमले अमेरिका र क्यानडाबीच शान्ति स्थापना गर्न वार्ता गर्नुपर्ने र त्यो प्योङयाङमा गराउन आफू तयार रहेको बताएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

13 Comments

  • bhabi bhandari

    June 14, 2018, 9:09 a.m.

    batho titharo babiyeko paso samjhauta herdata kim ka samu trump jhukeko jasto po lagxa

  •  0 Reply
  • Surya L. Maharjan

    June 12, 2018, 10:12 p.m.

    Many many thanks to both leaders.

  •  0 Reply
  • Suryaredsun

    June 12, 2018, 10:09 p.m.

    dherai ramro bho many many thanks to both leaders.

  •  0 Reply
  • Ashokk prashad awasthi

    June 12, 2018, 9:21 p.m.

    धेरै धन्यवाद !

  •  0 Reply
  • जिके खनाल

    June 12, 2018, 9:08 p.m.

    याे क्षणिक मात्र हाे । बिश्वयुद्द अवश्यम्भावी छ /

  •  0 Reply
  • michael thapa

    June 12, 2018, 8:19 p.m.

    धेरै धेरै धन्यवाद दुई नेता लाई

  •  0 Reply
  • michael thapa

    June 12, 2018, 8:19 p.m.

    धेरै धेरै धन्यवाद दुई नेता लाई

  •  0 Reply
  • बुद्धि नेपाली

    June 12, 2018, 7:48 p.m.

    धेरै राम्रो कार्य जस्तो लाग्छ मलाई जसले जे भनेनी किम जोन एक शक्तिसाली नेता हुन जो कि एक्लै ले विश्व सामु अमेरिका लाई धम्की दिन सक्ने क्षमता राख्दथ्य ,जे भयो यो स्वागत योग्य कार्य भएको छ यस्ले विश्व सान्तिमा एक इट्ता थपिएको जस्तो लाग्छ ,great kim jon and trump .

  •  0 Reply
  • Yakdam ramro vaxa.marnu vanda bhulaunu.ramro.ni

    June 12, 2018, 7:32 p.m.

    Good

  •  0 Reply
  • Suresh rana

    June 12, 2018, 7:18 p.m.

    3rd world war nahune vo...good👏👏

  •  0 Reply
  • Suraj Gurung

    June 12, 2018, 6:23 p.m.

    ठिक छ। शान्ति सेवा सुरक्षाणम!

  •  0 Reply
  • raj kumar roka

    June 12, 2018, 6:22 p.m.

    Nic

  •  0 Reply
  • Gyan kafle

    June 12, 2018, 2:25 p.m.

    Bishwo shanti ko lagi pahal kadam

  •  0 Reply

तपाईको प्रतिक्रिया