म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौंमा

 मंसिर १३, २०७५ बिहिबार १३:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी काठमाडौं आइपुग्नुभएको छ । 

नोबेल पुरस्कार विजेता नेतृ सुकी ‘एसिया प्यासिफिक समिट’मा भाग लिन बिहीबार बिहान काठमाडौं आइपुग्नु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नु भएको थियो ।

नेतृ सुकीको पहिलो आंपचारिक नेपाल भ्रमण भएकाले उहाँको भ्रमणको व्यवस्था नेपाल सरकार आफैंले गरेको छ । त्यस अवसरमा विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सुकीलाई सम्मान गारत समेत अर्पण गरेको थियो ।

नेपाल बसाईका क्रममा नेतृ सुकीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नु हुनेछ । 

सरकारले सुकीको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ । सरकारले सुकीको भ्रमणलाई ध्यानमा राखेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । पछिल्लो समय म्यानमारमा रोहिंग्या समूदायमाथि भएको हिंसालाई लिएर उहाँको आलोचना भइरहेको छ । 

त्यसै विषयलाई समेत ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो । म्यानमारमा भएको पछिल्लो निर्वाचनमा सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसीले भारी बहुमत प्राप्त गर्दै विजयी भएसँगै त्यहाँ सैनिक शासनको अन्त्य भएको थियो । 

सुकी श्रीमान विदेशी नागरिक भएका कारण राष्ट्रपति बन्न नमिल्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सल्लाहकारको भूमिकामा रहनु भएको छ ।

तस्बिर - रासस
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया