विवाहका लागि जोधपुर पुगे प्रियंका चोपडा र निक जोनस

 मंसिर १३, २०७५ बिहिबार १४:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रियंका चोपडा र निक जोनस विवाहका लागि बुधबार मुम्बईबाट राजस्थानको जोधपुर पुगिसकेका छन् । 

प्रियंका र निकको मुम्बईबाट जोधपुर जाने क्रममा एयरपोर्टमा लिइएका तस्बिरहरु सामाजिक सञ्जालमा छाइरहेका छन् । एयरपोर्टमा प्रियंका र निकले तस्बिरहरु पनि खिचाएका छन् । 

तस्बिरमा प्रियंका र निकका साथै केही आफन्तजनहरु पनि देखिएका छन् । 

मुम्बई एयरपोर्टमा प्रियंका र निक क्याजुअल ड्रेसमा देखिएका छन् । निकले सेतो रंगको टी–शर्ट र ट्राउजर लगाएका छन् माथिबाट ज्याकेट लगाएका छन् । प्रियंकाले कुर्ता र प्लाजो लगाएकी छिन् र माथिबाट रंगिन दुपट्टा ओढेकी छिन् ।

प्रियंका र निकले २८ नोभेम्बरमा प्रियंकाकी आमा मधु चोपडाको घरमा पूजा गरेका थिए । पूजामा प्रियंकाले निलो रंगको कुर्ता सुरुवाल लगाएकी थिइन् भने निकले गुलाबी रंगको पाइजामा कुर्ता लगाएका थिए ।  

 

प्रियंका चोपडा र निक जोनसले डिसेम्बर २ र ३ मा विवाह गर्न लागेका छन् । यो जोडीले हिन्दु र क्रिश्चियन रीतिरिवाजमा विवाह गर्नेछन् । विवाहको कार्यक्रम जोधपुरको उम्मेद भवन प्यालेसमा हुनेछ । 

प्रियंकाले विवाहअघिका मेहन्दी, हल्दी र संगीतका कार्यक्रमका लागि मेहरान गढ फोर्टमा गर्ने योजना बनाएकी थिइन । तर अन्तमा यो स्थान परिवर्तन गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया