यूएफसी फाइटर म्याकग्रेगरलाई गाडी चलाउन प्रतिबन्ध

 मंसिर १३, २०७५ बिहिबार १४:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएफसी फाइटर कोनोर म्याकग्रेगरलाई सवारी हाँक्न  लगाइएको छ ।

निर्धारित भन्दा तीव्र गतिमा सवारी चलाएका कारण उनलाई ६ महिना गाडी चलाउन निषेध गरिएको हो । सन् २०१७ मा म्याक ग्रेगरले रेन्ज रोभर गाडी १५४ किलोमिटर प्रतिघण्टाको गतिमा चलाएका थिए जहाँ १०० किलोमिटर प्रतिघण्टा भन्दा बढी चलाउन निषेध गरिएको थियो ।

३० वर्षे म्याक ग्रेगरले न्यायाधिस सामु माफी मागेका छन् । उनलाई एक हजार यूरो जरिवानासमेत गराइएको छ । म्याक ग्रेगरले युवा अवस्थामा १२ पटक ट्रफिक नियम उलंघन गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया