महिला मानवअधिकार रक्षकहरुको कथा समेटिएको पुस्तक ‘संकल्प’भाग ३ विमोचन

 मंसिर १३, २०७५ बिहिबार १८:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज महिला मानवअधिकार रक्षक दिवस । यसै अवसरमा महिला मानवअधिकार रक्षक सञ्जालले महिला मानवअधिकार रक्षकहरुका संघर्षका कथा समेटिएको पुस्तक ‘संकल्प’भाग ३ विमोचन गरिएको छ ।

महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालले प्रकाशन गरेको पुस्तक ‘संकल्प’को महिला मानवअधिकार रक्षक दिवसको अवसर पारेर विमोचन गरिएको हो ।

पुस्तकमा महिलाको हकअधिकारका क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याउने देश भरका ३५ जना महिला मानवअधिकार रक्षकका संघर्षका कथा समावेश छन् ।

पुस्तकको राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता एव सदस्य मोहना अन्सारी, सांसद तथा बादी अगुवा उमा बादी, पूर्व सांसद रिमा नेपाली महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष डा.रेणु अधिकारी र पत्रकार निर्मला शर्माले संयुक्त रुपमा विमोचन गरेका थिए । महिला मानवअधिकार रक्षक संजालले यस अघि ‘संकल्प’का दुई वटा पुस्तक प्रकाशन गरिसकेको छ ।

पत्रकारसहित पाँच महिला सम्मानित

महिला मानवअधिकार रक्षक दिवसकै अवसरमा पाँच महिलालाई सम्मान गरिएको छ । विगतमा महिला मानवअधिकार रक्षक संजालमा आबद्ध भएर महिला हिंसा न्यूनिकरणमा महत्वपूर्ण योग्दान पुर्‍याएबापत पत्रकारसहित पाँच महिलालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा बादी अगुवा एंव प्रदेश नम्मबर ७ का सांसद उमा वादी, सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्मा, महिला खबरकी सम्पादक लोग्सरी कुंवर, महिला न्यूजका सम्पादक लक्ष्मी बस्नेत, अन्नपूर्ण पोष्टका धनुषा समचारदाता मनिका झा रहेका छन् ।

बादी महिलाको हक अधिकारका लागि अनवरत रुपमा योग्दान पु¥याउनु भएका प्रदेश ७ का सांसद उमा बादी यस अघि बीबीसीले प्रकाशित गरेको विश्वका एक सय महिलाको सूचीमा पर्न सफल हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया