जुलुस तथा विरोधसभा कार्यक्रममा जान अवरोध गरेपछि रसुवाका विद्यालय बन्द

 मंसिर १४, २०७५ शुक्रबार १२:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – काठमाडौँ केन्द्रित शिक्षक जुलुस तथा विरोधसभा कार्यक्रम भाग लिन जान लागेका शिक्षकलाई प्रहरीले रोकेको विरोधमा रसुवाका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको छ । 

जिल्लाबाट दुईवटा गाडी लिएर काठमाडौं जान लागेका टोलीलाई बेत्रावतीमा नेपाल प्रहरीले अवरोध गरेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति रसुवाका अध्यक्ष मोचनाथ न्यौपानले बताउनुभयो । काठमाडौँ जान नपाएपछि शिक्षकले जिल्लाको बेत्रावतीमा नारा जुलुस सुरु गरेका छन् । 

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको पूर्व घोषित कार्यक्रम अनुसार हामी काठमाडौँ जान लागेका थियौँ, उहाँले भन्नुभयो, शान्ति पूर्ण तरिकाले हिँडडुल गर्न रोक लगाउन भएन ।’ जिल्लाको बेत्रावतीदेखि कालिकास्थानसम्म जुलुस गर्ने उहाँले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा बेत्रावती प्रहरी चौकीले अवरोध खडा गरेको महासंघले आरोप लगाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया