वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
अभिनेत्री मलाइका अरोडाले पति अरबाज खानका साथ सम्बन्ध विच्छेद गरेपश्चात उनी अभिनेता अर्जुन कपूरसँगको प्रेमलाई खुलेरै सार्वजनिक गर्न खोजिरहेकी छिन् ।
आजभोलि साथीहरुसँगको पार्टीमा होस् वा कुनै सार्वजनिक स्थानमा मलाइका र अर्जुन कसैको पर्वाह नगरी सार्वजनिक रुपमा एकअर्काको साथमा समय बिताइरहेका देखिन्छन् ।
हालै करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा अर्जुन कपूरले समेत आफू सिंगल नरहेको भन्दै उनी मलाइकाको प्रेम सम्बन्धमा रहेको इशारा गरिसकेका छन् । र अहिले मलाइकाले समेत उनको इन्स्टाग्राम अकाउन्टमा रहेको उनको नाम मलाइका अरोडा खान बाट पूर्वपति अरबाज खानको सरनेम ‘खान’ हटाइदिएकी छिन् ।
मलाइकाले अरबाज खानका साथ सन् १९९८ मा विवाह गरेकी थिइन । तर १९ वर्ष लामो वैवाहिक सम्बन्धलाई उनले २०१७ मा तोडिदिएकी थिइन् । सम्बन्ध विच्छेद पछि अरबाज पनि कसैअरुसँगै सम्बन्धमा छन । मलाइकाले अहिले आएर उनको इन्स्टाग्राम अकाउन्टमा रहेको खान सरनेम हटाइदिएकी छिन ।
मलाइकाको घाँटीका अर्जुनको नामको पेन्डेन्ट
हालै मलाइकाको एक तस्बिर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उक्त तस्बिरमा मलाइकाले घाँटीका लगाएको पेन्डेन्टमा एएम लेखिएको छ । उक्त पेन्डेन्टमा लेखिएको ए अक्षरले अर्जुन कपूरको नामतर्फ संकेत गर्छ ।
मलाइका अर्जुनले किनिसके घर
भारतीय मिडियामा सार्वजनिक खबरहरुका अनुसार मलाइका अरोडा र अर्जुन कपूरले एक आलिशान अपार्टमेन्ट किनेका छन् । उक्त अपार्टमेन्ट अर्जुन र मलाइका दुवैले बराबर पैसा लगानी गरेर किनेका हुन् ।
अहिलेसम्म सार्वजनिक रुपमा आफ्नो सम्बन्ध बारेमा केही नबोले पनि मलाइका र अर्जुन एकअर्काको गहिरो प्रेममा रहेको कुरा यी दुवैले सार्वजनिक रुपमा देखाइरहेको गतिविधिबाट प्रष्ट हुन्छ । साथै यी दुवैले छिट्टैनै विवाह गर्नसक्ने खबर आइरहेका छन् ।