परपुरुषसँगको सम्बन्धबाट जन्मेको शिशुको हत्या

 मंसिर १४, २०७५ शुक्रबार १९:३९:३७ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलाममा नवजात शिशुको शव फेला परेको छ ।

इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवा अधेरे गाउँमा रहेको गोरेटो बाटोमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।सूर्योदय नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवार आफन्तकोमा गएका बेला बच्चालाई जन्म दिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

जन्माएर हत्या गर्ने आमा विवाहित भएको पाइएको छ । श्रीमान वैदेशिक रोजगारमा छन् । श्रीमान नभएको समयमा परपुरुषसँग अवैध सम्बन्ध राखेर बच्चा जन्माएपछि हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । सुनुवारको दुईजना छोरीहरु रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ । 


 

अन्तिम अपडेट: फागुन ७, २०७५

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया