निर्मला पन्त हत्या प्रकरण : काठमाडौंबाट एकजना शंंकास्पद व्यक्ति पक्राउ

 मंसिर १९, २०७५ बुधबार १८:४२:१ | उज्यालो सहकर्मी

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको हत्याको अनुसन्धान गर्न प्रहरीले काठमाडौंबाट एक जना युवक पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट २२ वर्षका युवालाई पक्राउ गरेर हिरासतमा राखेको छ । उनको नाम सार्वजनिक गर्न नमिल्ने र हिरासतमा राखेर अनुसन्धान भैरहेको सीआईबीले जनाएको छ । 

प्रहरीको मुख्य शंकामा रहेका उनलाई लामो समयदेखि खोजी गरे पनि हिजो मात्रै पक्राउ गर्न सफल भएको सीआईबी स्रोतको दावी छ । पक्राउ परेका युवकबाट घटनाको नजिक पुग्न पनि सहयोग मिल्ने स्रोतले बतायो । उनको डीएनए परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

गएको साउन २१ गते कञ्चनपुरकी बालिका निर्मता पन्त बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन । उनको बलात्कार र हत्यारामा संलग्नलाई पक्राउ गर्न धेरै समिति बने पनि दोषी पक्राउ पर्न सकेका छैनन् । घटनाको प्रमाण मेट्न सहयोग गरेको भन्दै २ जना प्रहरी निलम्बनमा परिसकेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया