वैदेशिक रोजगारीका समस्या समाधानमा निष्पक्ष भएर काम गर्न निर्देशन

 जेठ ३०, २०७५ बुधबार १२:१३:३४
unn.prixa.net

बिजय भुसाल 

नुवाकोट – नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले वैदेशिक रोजगारमा समस्या समाधानमा निष्पक्ष भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । 

बिदुरमा गरिएको सुरक्षित वैदेशिक रोजगार व्यवस्थापन र पीडितलाई न्यायका लागि स्थानीयस्तरमा कार्यरत प्रहरीको भूमिका विषयक कार्यक्रममा प्रहरी उपरिक्षक कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगिएमा प्रहरीले गर्न सक्ने कारवाही बारे जानकारी गराउँदै यस्तो निर्देशन दिनुभएको हो । 

जिल्ला समन्वय समितिद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले गरेको कार्यक्रममा उहाँले जिल्लामा पछिल्लो समयमा वैदेशिक रोजगारीका कारण समस्यामा पर्नेहरुमा पुरुष बढी रहेको पनि बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले वैदेशिक रोजगार देशको अर्थतन्त्रको अभिन्न अङ्ग भएपनि यसबाट उत्पन्न समस्या पनि ठूलो रहेको बताउनुभयो ।

रहरले गर्दा विदेशिनेहरु बढेको भन्दै उहाँले त्यसले पारिवारिक समस्या उत्पन्न भएको, नेपालको श्रम शक्ति विदेश पलाएन भएको, जग्गा बाँझै हुन थालेको र आफैंले फलाउन सक्ने खाद्यान्न पनि किनेर खाने बानी बढेको भन्दै यसलाई घटाउन सचेत हुनुपर्ने बताउनुभयो । 

प्रसासकीय अधिकृत नन्दलाल शर्माले नुवाकोटमा उमेर बढाएर नागरिकता, पासपोर्ट बनाउने समस्या रहेको भन्दै त्यही कारण समस्यामा पर्ने भएकाले यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । एक सय ५० जना प्रहरी जवान सहभागी कार्यक्रमको सञ्चालन सामीका कार्यक्रम संयोजक निरु सूचिकारले गर्नुभएको थियो। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया