अर्घाखाँचीमा पाँच वर्षीया बालिका बलात्कृत, एक अाराेपित पक्राउ

 मंसिर २१, २०७५ शुक्रबार १७:२३:२१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं–१३ मा एउटी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

शितगंगा नगरपालिका–१३, सिमलपानी हिटनटोलाकी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा  स्थानीय  ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनु भयो ।

स्थानीय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा शीतगंगा नगरपालिका–१३, थाप्लेबारी, भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी हुन् । 

सधैं ३ बजे घर आउने छोरी बेलुकासम्म घरमा नआएपछि खोजतलासको लागि गाँउतिर जाँदा बालिका रुँदै आउन लागेको भेटेको बालिकाका बाबुले बताए । उनीहरुले छोरीसँग सोधपुछ गर्दा र शरीर जाँच गराउँदा बलात्कार भएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको शंकास्पद व्यक्तिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय ठाडामा ल्याई थप अनुसन्धान गर्दा  देव बहादुरले नै घटाएको स्वीकार गरेको प्रनाउ मल्लले जानकारी दिनु भयो । 

जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि पीडित बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।  

घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया