गायक पौडेलको ‘आची खाउ’ सार्वजनिक (भिडियोसहित)

 मंसिर २१, २०७५ शुक्रबार १७:३६:३ | उमाकान्त पाण्डे

युएई – गायक प्रकाश पौडेलको ‘आलु चिउरा खाउ’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । गीतको म्युजिक भिडियो शुक्रबार बुढासुब्बा म्युजिक कम्पनीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

गोपाल दाहालको शव्द, दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ ।  युएईमा सेन्चुरी बैंक अन्तर्गत क्षेत्रीय प्रमुखका रुपमा कार्यरत पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, अस्टर तामाङ, विराट अनुपम, नविन विशालले अभिनय गरेका छन् ।

 

मोटोपन र पेट लाग्दा हुने तनाव र त्यसलाई कसरी घटाउने भन्ने विषयलाई गीतमा व्यङ्ग्य गरिएको गायक पौडेलले बताउनु भयो । युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गर्नुभएको हो । 

रुञ्चे गायकका रुपमा परिचित पौडेलका नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप बोलका गीत चर्चित छन् । गीतको छायाँङ्कन नेपाल र युएईमा गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया