देशप्रति समर्पित भएर काम गर्न कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन

 मंसिर २१, २०७५ शुक्रबार १९:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशप्रति समर्पित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

मन्त्री पण्डितले कठिन परिस्थितिमा पनि इमान्दारिताका साथ उत्साहित भएर काम गर्न कर्मचारीहरु सक्षम हुने विश्वास पनि व्यक्त गर्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कार्य सम्पादन गर्ने क्रममा सुख/दुःख दुवै आइपर्ने उल्लेख गर्दै त्यसमा प्रवाह नगर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

मन्त्री यादवले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सरकारले उचित सम्मान गर्ने आश्वासन पनि दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया