अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सन् २०२६ को विश्वकप फुटबलको आयोजना उत्तर अमेरिकी देशहरु अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् ।
रूसको मस्कोमा भएको कंग्रेसमा अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त दावेदारीले मोरक्कोलाई पछि पारेको हो । रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो । अब सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।
२१० फिफा सदस्य राष्ट्रमध्ये २०३ मुलुक मतदानमा सहभागी थिए । तीन मत बदर भएपछि २०० मतमध्ये अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए । मोरक्कोले ६५ मत पाएको छ। एक मत तटस्थ थियो ।
यही जुनमा भएको तीनै देशका पूर्वाधार निरीक्षणमा फिफाले सबैलाई उपयुक्त ठहर गरेको थियो । पाँच जनाको फिफाको निरीक्षण टोलीले २२० पेज लामो रिपोर्टमा पूर्वाधार र अन्य सुविधाका बारेमा विस्तृत रुपमा उल्लेख गरेको छ ।
यसअघि अमेरीकाले १९९४ को विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले १९७० र १९८६ को विश्वकप सफल रुपमा गरेको थियो । मोरक्को भने पाँच पटक दावेदारी दिए पनि विश्वकप आयोजना गर्ने अवसर पाउनबाट चुकेको छ ।
मोरक्कोले १२ शहरका १४ स्टेडियममा विश्वकप आयोजना गर्ने दावेदारिता दिएको थियो । उत्तरी अमेरीकी देशहरुले भने विश्वकपका पूर्वाधार निर्माणका लागि १६ बिलियन अमेरीकी डलर खर्च गर्ने जनाएको थियो ।
जसमा उनीहरुले २३ मध्ये मुख्य १६ वटा स्टेडियममा विश्वकप खेलाउने बताएको छ । सन् २०२६ को विश्वकपमा कुल ४८ देशको सहभागिता रहनेछ ।
सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्नेछ ।