लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
रुपन्देही – सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लेखनाथ पथका सतिश साहनीको हत्या आफ्नै दाइ संजय साहनीले गरेको अनुसन्धानबाट खुलेको छ । सतिशको शव हत्या गरिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो ।
बेहोस बनाउने औषधि दुधमा राखेर खुवाएपछि भाइलाई तार र डोरीले बाँधेर कोठामा सुतेको सञ्जयले प्रहरीलाई बताएका छन् । सम्पत्तिको लोभमा भाइको हत्या गरेको प्रहरीको अनुमान छ ।