रोटाभाइरसबाट बच्न सावधानी अपनाउनुहोस् : चिकित्सक

 मंसिर २६, २०७५ बुधबार १५:४९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जाडो महिनामा बालबालिकामा रोटाभाइरसका कारण संक्रमण हुने सम्भावना रहेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । 

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार रोटाभाइरस जाडो मौसममा बढी सक्रिय हुन्छ । रोटा भाइरसले खास गरी पाँच वर्षमुनिका बालबालिकालाई बढी प्रभावित पार्छ । फोहोरमैला, पानी वा खानाका कारण फैलने रोटाभाइरसबाट झाडापखाला लाग्छ । 

यसले बालबालिकाको ज्यानै जाने जोखिम हुने भन्दै बच्चालाई छुनुअघि र केही खुवाउनु पहिले साबुन पानीले राम्रोसँग हातधुने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । 

पाँच वर्षसम्म बालबालिका हिँडडुल गर्ने र जे पायो त्यही मुखमा हाल्ने हुँदा उनीहरूमा यो भाइरस छिटो प्रवेश गर्छ । संक्रमित बच्चाले खोक्दा समेत रोटाभाइरस अरुलाई सर्ने भएकोले उनीहरुलाई तत्काल डाक्टरकोमा लैजान उहाँको सुझाव छ ।

पातलो दिसा भए, कोखामा हाने, ज्वरो आए, बान्ता भएमा घ्यार घ्यार गरेमा हेलचेक्राई नगर्न आग्रह डाक्टर पुनको सल्लाह छ । रोटाभाइरसको संक्रमणबाट बच्न पाइने खोप नेपालका केही निजी अस्पतालमा मात्र पाइन्छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया