अयोध्याबाट आएका साधुसन्तको बिदाई, विवाहपञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर)

 मंसिर २७, २०७५ बिहिबार १८:५०:२५ | शैलेन्द्र महतो

धनुषा – सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव बिहीबार रामकलेवा गरी समापन भएको छ । 

सीतारामको विवाहको अन्तिम दिन बिहीबार आयोध्याबाट जन्ती आएका साधुसन्तलाई जानकी मन्दिर परिसरमा मिष्ठान्न  परिकार भोजन गराएर बिदाई गरिएको छ । साधुसन्तलाई भव्य रुपमा स्वागत गरी बिदाईलाई गर्ने परम्परालाई रामकलेवा भनिन्छ ।   
 
त्रेता युगमा मर्यादा पुरुषोत्तम भग्वान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सात दिनसम्म रामजानकी विवाहपञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ ।

मंसिर २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फूलबारी लीला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन  तिल्कोत्सव, पाँचाैँ दिन मटकोर, छैटौँ दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।
 
राम लेवामा अयोध्याबाट आएका साधुसन्तलाई अन्तिम दिन मिष्ठान्न  परिकार भोजन गराइएको छ भने कम्बल, च्यादर र दक्षिणा दिएर बिदाई गरिएको छ । उनीहरुलाई मैथिली गालीसहित विभिन्न गीतले स्वागतसमेत गरिन्छ ।

यस दिनमा रामसीता, लक्ष्मण, भरत र सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउने प्रचलन छ । रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भिड लाग्ने गर्दछ ।
  
महोत्सवको समापनसँगै आएका लाखौँ दर्शनार्थी घर फर्किन थालेका छन् । यस पटक जन्तीको रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसमेत सहभागी भएपछि अन्य वर्षको तुल्नामा श्रद्धालुहरुको बढी सहभागी भएका थिए ।


 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया