'अब श्रीमानलाई विदेशबाट फर्काउँछौं' (भिडियाे कथा)

वित्तीय शिक्षाले महिलामा बढेको आत्मविश्वास

 जेठ ३१, २०७५ बिहिबार १५:१६:४ | सन्जिता देवकोटा

खोटाङ – रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले । सदरमुकाम दिक्तेलबाट आधा घण्टा पैदल हिँडेपछि पुगिन्छ यो गाउँ । 

यही गाउँमा पर्छ दुर्गा र नन्दादेवी बस्नेतको घर । दुवै जनाका श्रीमान् विदेशमा छन् । श्रीमान् विदेश लागेपछि घरको जिम्मेवारी सम्हालेका दुर्गा र नन्दादेवी आफैं कमाउछन् र घरखर्च पुर्‍याएर बचत गर्छन् । 

मौसम अनुसारका तरकारी, कुखुरा, बाख्रा अनि दूध घीउ बेचेर गरेको आम्दानीले दुवैको घर चलेको छ अनि बचत पनि बढेको छ । श्रीमानले विदेशमा कमाएको त चोखै बच्न थालेको छ । 

कमाउने काइदा जानेपछि हिजोआज दुर्गा र नन्दादेवीलाई लाग्छ पैसा कमाउन नजानेकाले श्रीमानलाई विदेश पठाउन पर्‍यो । २०७४ असोजदेखि सामी परियोजनाले विदेश जानेका परिवारका लागि सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा बसेपछि उहाँहरुले आम्दानी गर्ने बाटो समात्नुभयो । 

पहिल्यैदेखि गरिआएको कामलाई थोरै बढाउँदा भएको आम्दानीले दुर्गा र नन्दादेवीको आत्मविश्वास बढ्यो । गरिरहेको कामलाई व्यवसायीक रुपमै सुरुवात गर्नुभयो । 

हलो जोत्नेदेखि आफूले फलाएका तरकारी बजारसम्म पुर्याउन उहाँहरु आफैं अघि सर्नुहुन्छ । दुःखले कमाएको आम्दानीमा रम्नुहुन्छ । अहिले दुवै जनाको भनाई एउटै छ ‘अब श्रीमान् विदेशबाट फर्किएपछि फेरि जान दिँदैनौ ।’ 


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया