सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित
चैत ६, २०८० मंगलबार
श्रीलङ्काका सशक्त नेता महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षेले राजीनामा दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजापाक्षेका छोरा नमल राजापाक्षेले पनि बुवाले राजीनामा दिएको पुष्टि गरेका छन् । ट्वीट गर्दै उनले देशको राजनीतिक स्थायित्वका लागि राजापाक्षेले राजीनामा दिएको बताएका छन् ।
To ensure stability of the nation, Former President @PresRajapaksa has decided to resign from the Premiership tomorrow after an address to the nation. The SLPP with Frm President, SLFP & others will now work to form a broader political coalition with President Sirisena.
— Namal Rajapaksa (@RajapaksaNamal) December 14, 2018
राजापाक्षेको राजीनामासँगै श्रीलङ्कामा सात हप्तादेखि चलिरहेको शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।
सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए ।
राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणा गर्दै चुनावको मिति तोकेपछि त्यसका विरुद्धमा मुद्धा परेको थियो ।
राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट सुरु भएको थियो ।