घुससहित सहायक वन अधिकृत पक्राउ

 जेठ ३१, २०७५ बिहिबार १८:३६:५० | राजु लामिछाने

रुकुम पश्चिम, जेठ ३१ – वन समूहका पदाधिकारीबाट घुस लिँदै गरेका जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृतसहित २ जनालाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार दिउँसो जिल्ला वन कार्यालयमै सेवाग्राहीबाट घुस लिँदै गरेका सहायक जिल्ला वन अधिकृत रोहितकुमार साह र ग्रामिण वित्त सहायक सन्दिप अधिकारीलाई पक्राउ गरेको हो । 

कवुलियती वनको सहजिकरण गर्न भन्दै वन समूहका पदाधिकारीबाट २३ हजार घुस लिएको बताइएको छ । दुवै जनालाई सहायक वन अधिकृत साहको कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया