क्याम्पसको सुधार नगरेको भन्दै जनकपुरको राराब क्याम्पस प्रमुखलाई विद्यार्थीले दले कालोमोसो

 पुस १, २०७५ आइतबार १५:४०:३४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो देलेका छन् ।

क्याम्पसको अवस्था धारासायी भएपछि पटक–पटक सुधार गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै आइतबार दिउँसो विद्यार्थीहरुले उहाँलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले आइतबार दिउँसो पौने २ बजे कार्यकक्षमै पसेर क्याम्पस प्रमुखलाई कालोमोसो दलेको संघका केन्द्रीय महासचिव रञ्जित निष्पक्षले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालोमोसो दलेपछि विद्यार्थीहरुले एक घण्टा प्रमुख दासलाई कार्यकक्षभित्रै थुनेका थिए । क्याम्पसमा नियमित पठन पाठन हुनुपर्ने, राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा बिजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे मागसहित राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापन बुझाएका थिए ।

तर ज्ञापनपत्र बुझेपछि समेत क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै कालोमोसो दलेको विद्यार्थी संघले जनाएको छ ।
कलोमोसो दल्ने समयमा राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय सह–सचिव अशोक यादव, संघका राराब इकाई कमिटी अध्यक्ष दिनेश यादवलगायत पाँच दर्जन विद्यार्थीहरुको रहेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया