चलचित्र आरोपको  ‘ए मन’ गीतको भिडियो सार्वजनिक

 पुस १, २०७५ आइतबार १६:५१:११ | उमाकान्त पाण्डे
unn.prixa.net

काठमाडाैं - दिलासा क्रियसनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली चलचित्र  ‘आरोप’काे ‘ए मन’ गीतको भिडियो सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् ।

विजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्टको छायाँकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, एस के अधिकारीको गीत रहेको छ ।

त्यस्तै एस के अधिकारी तथा गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलले चलचित्रमा आवाज दिएका छन् । साहिल खानको सम्पादन रहेको चलचित्रमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।  

 

चलचित्र आरोप आउँदो माघ ११ गते नेपालभरिका सिनेमाहलहरुमा प्रदर्शनमा आउने तयारीमा छ । 

चलचित्रमा युवायुवतीहरुबीचको त्रिकोणात्मक प्रेमकथा समेटिएको निर्माण पक्षले बताएको छ ।

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया