इन्ट्रिग्रिटी आइडल विजेता कुरुम्बाङ्ग सम्मानित

 पुस ३, २०७५ मंगलबार ७:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – देशभरका राष्ट्रसेवक कर्मचारीहरुको प्रतिस्पर्धा इन्ट्रिग्रिटी आइडलमा प्रथम विजेता हुन सफल जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । 

बर्दियाको गुलरियामा सुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सव २०७५ मा आयोजकले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई महोत्सवमै बधाई ज्ञापनसहित सम्मान गरेको हो । 

उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष एवं महोत्सवका संयोजक बीरबहादुर चौधरी र गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाई सम्मान गर्नु भएको हो । 

नागरिकमैत्री सिडिओलाई सम्मान गर्नुपर्छ भन्ने उदेश्यले उहाँलाई सम्मान गरिएको उद्योग व्यापार संघ गुलरियाका उपाध्यक्ष मनोज यादवले बताउनुभयो । उहाँले महोत्सव सफल पार्न महत्वपूर्ण योगदान गरेको भन्दै गुलरिया नगरप्रमुख र दुईजना पत्रकारलाई पनि सम्मान गरिएको बताउनुभयो ।

यस्तै महोत्सवमा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल र कान्तिपुर सम्बाददाता कमल पन्थीलाई पनि सम्मान गरिएको महोत्सव आयोजकले जनाएको छ । 

यसअघि रामबहादुर कुरुम्बाङ्ग जिताउ अभियानमा सक्रिय रहेका ठाकुरबाबा नगरपालिका क्षेत्रका युवाहरुसँगै रेडियो टाइगर ९९.२ मेगाहर्ज, विकास प्रेमी युवा समूह र गुन्द्रुक होटलले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी सन् २०१८ का इन्टिग्रीटी आइडल बन्न सफल बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई बधाई तथा सम्मान गरेको हो । 

सुशासन कायम राख्दै, अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारका विरुद्ध अग्रसर हुँदै नागरिकको हितमा काम गर्ने र बर्दियाको विकासमा निरन्तर लाग्नु भएको भन्दै प्रजिअ कुरुम्बाङ्गलाई सम्मान गरिएको युवा बद्रिप्रसाद कठायतले बताउनुभयो । 

सम्मान ग्रहण गर्दै प्रजिअ कुरुम्बाङ्गले नागरिकको हितमा काम गर्न आफुमा थप जिम्मेवारी आएको बताउनुभयो । आफू बर्दिया रहँदासम्म सुशासन कायम राख्दै, भ्रष्टचार, कालोबजारी, चोरीनिकासीको अन्त्य गर्दै बर्दियाको विकासका लागि खटिरहनेसमेत उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया