चकलेट दिने बहानामा ७ वर्षीया बालिकाको बलात्कार

 पुस ३, २०७५ मंगलबार १२:४५:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमै रहेकी बालिकालाई सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणको लागि बालिकासँगै धरान पठाइएको छ ।

यसरी भयो घटना

स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन हनुहुन्छ । राति जाँड खाएर मातेका बस्नेत आफ्नो दाई विदेशबाट चकलेट ल्याइदिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए । त्यसपछि बालिकालाई लिएर उनले पर उखुघारीमा लगेर बलात्कार गरेका  थिए ।

बालिकाकी आमा बस्नेतलाई आवाजले चिनेकी थिइन् । छोरी बेपत्ता भएपछि बालिकाकी आमाले गाउँलेलाई गुहारेकी थिइन् । समाजले तत्कालै प्रहरीलाई खबर गरेका थिए । उखुघारीमा बालिका रगताम्य तथा गम्भीर अवस्थामा निर्वस्त्र फेला परेकी थिइन् । प्रहरीका अनुसार तत्कालै बस्नेतलाई पक्राउ गरिएको थियो ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया