युएईमा रहेको नेपाली दूतावास नयाँ ठाउँमा सर्ने, अहिलेको भन्दा पायक पर्ने

 पुस ४, २०७५ बुधबार १२:३०:३२ | उमाकान्त पाण्डे

युएई – युएईमा रहेको नेपाली दूतावास आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि नयाँ ठाउँमा सर्ने भएको छ । 

अहिले दूतावास रहेको घरसँगको पाँचवर्षे सम्झौता डिसेम्बरदेखि सकिने भएपछि नेपाल र युएईको परराष्ट्र मन्त्रालयमार्फत स्वीकृति लिएर नयाँ भवनका लागि मंगलबार सम्झौता भएको हो । 

सम्झौता अनुसार नयाँ भवनको वार्षिक ४ लाख दिर्हाम अथवा झन्डै सवा एक करोड रुपैयाँ घरभाडा बुझाउनु पर्नेछ । 

यसअघि प्रयोग गर्दे आएको भवनमा समेत यसैअनुसारको सम्झौता थियो ।  यो समेत गरेर दूतावासले ५ औं पटक स्थान परिवर्तन गरिसकेको छ । 

साढे तीन तल्लाको नयाँ भवनमा १८ वटा कोठा सहित झन्डै ४ सय जना एकै पटक सहभागी हुन सक्ने ठूलो कम्पाउण्ड रहेको दूतावासले जनाएको छ । भवनभित्रै महिलाका लागि सुरक्षित आवास गृह पनि रहेको छ । 

अहिलेको भन्दा पायक

दूतावासको नयाँ भवन आबुधाबीमा रहेको बसपार्कबाट ४ सय मिटर पूर्वमा पर्छ । युएईका अरु राज्यबाट नयाँ ठाउँ पुग्न मुख्य बसपार्कमा झरेर पूर्वतर्फको आकाशे पुल पार गरी तीनदेखि पाँच मिनेटसम्म हिँड्नुपर्छ ।

अहिले रहेको कार्यालय आबुधाबी बसपार्कबाट टाढा पर्छ । युएईको अरु राज्यबाट दूतावास पुग्ने नेपालीले बसपार्क ओर्लेर फेरि अर्को गाडी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अतिरिक्त सवारी प्रयोग गर्दा न्युनतम १२ दिर्हाम अथवा ३५० रुपैयाँ एकतर्फी खर्च हुने गरेको छ । दूतावास नयाँ भवनमा सरेपछि पैसा र समयको बचत हुने भएको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

2 Comments

  • CHHOTE LAL SARDAR

    May 27, 2020, 1:41 p.m.

    my visa canceled before 2 month i don't have cash,food etc.... i need go to my country Please help me 00971 563027390

  •  0 Reply
  • Raj lamsal

    Dec. 19, 2018, 2:51 p.m.

    कहाँ सर्ने भन्ने निर्णय नभै सकेको जस्तो बुझियो सायद त्यो पनि चाडै समाचार आउला भन्ने प्रतीक्षामा छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया