श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुमलाई बाँचुञ्जेल जेल सजाय

 पुष ४, २०७५ बुधबार २०:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको छ ।

मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था भएअनुसार अदालतले पौडेललाई जीवित रहेसम्म कैद गर्न आदेश दिएको हो ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिनुभयो । अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो ।

१० वर्षीया बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो । अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर बसेका कुसुमले असोज ८ गते साँझ साढे ५ बजेतिर बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर जबर्जस्तीको प्रयास गरेका थिए ।

जबजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले प्रहरीसमक्ष बयान दिएका थिए । 
बालिका बेहोस भएपछि कुसुमले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

याे पनि पढ्नुहाेस :

बलात्कारकाे प्रयासपछि बेहाेश भएकी श्रेयाको ढुंगाले हानेर हत्या

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया