यूट्युबमा अनमोल र प्रदीपको प्रतिस्पर्धा, अगाडि अशोक दर्जी

 पुस ५, २०७५ बिहिबार १२:२५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवा स्टारको सूचीमा अगाडि देखिएका अनमोल सायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’बनेका छन् । भन्दा त यीदुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच चर्को  प्रतियोगिता छ भन्ने देखाउँछ ।

पछिल्लो उदाहरण नै लिऔँ – जुन दिन अनमोल अभिनित फिल्म ‘क्याप्टेन’को गीत रिलिज हुने कार्यक्रम थियो, त्यही दिन नै प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ पनि हलमा रिलिज गरिएको केही महिनामै युट्युबमा अपलोड गरियो ।

एउटा त फिल्मको गीत, अर्को पूरै फिल्म । यसरी हेर्दा फिल्म प्रति दर्शकको रुची हुनु नौलो होइन । यता अनमोल अभिनित ‘रहर छ सँगै’बोलको गीत एकाएक ट्रेन्डिङमा आयो । प्रदीप पनि यूट्युबको नेपाल ट्रेन्डिङमा पछिपछि आइरहेका थिए ।

धेरैलाई याद नै छ, प्रदीपकै अभिनय रहेको अर्को फिल्म ‘प्रेम गीत २’पनि केही हप्ताअघि मात्र यूट्युबमा रिलिज गरिएको थियो । यो चलचित्र भने झण्डै एक हप्ता नै ट्रेन्डिङमा बसेको थियो । अहिले यूट्युबमा अनमोल र प्रदीप जुधिरहँदा अर्को रमाइलो के भएको छ भने ती दुवै स्टारलाई सामाजिक सञ्जालबाट भाइरल भएका बाल गायक अशोक दर्जीले उछिनेका छन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया