पूर्व गभर्नर रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

 पुष ५, २०७५ बिहीबार १७:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व गभर्नर तिलक रावल

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा  भ्रष्टाचार गरेको आरोपमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो । 

अख्तियारले रावल, पौडेर र पाँडे विरुद्ध ९१ लाख रुपैयाँको दरले झण्डै साढे २ करोड रुपैयाँभन्दा बढी बिगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध नोट छपाईमा अष्ट्रेलीयासँग गैरकानुनी मिलेमतो गरेको, गुणस्तरहीन नोट छपाई भएको, छपाईमा भएको कमीकमजोरी लुकाउन पत्रकारलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाएको लगायत आरोप लागेका छन् ।
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया