वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले शंकास्पद आखेटोपहारसहित २ जनालाई पक्राउ गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नं–११ ज्यामरुङमा खागजस्तै शंस्कापद वस्तु भेटिएपछि २ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।
गँैडाको खाग लुकाइ राखिएको छ भन्ने सूचनाको आधारमा छापा मार्दा खागजस्तै देखिने आखेटोपहार भेटिएपछि पक्राउ गरेको उहाँको भनाइ छ ।
शंकास्पद आखेटोपहारसँगै पक्राउ पर्नेहरुमा नीलकण्ठ–११, ज्यामरुङका जीवनाथ बोहोरा र राम बहादुर धमला रहेका छन् । उनीहरुलाई जिल्ला अदालत धादिङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सहायक वन अधिकृतको संयोजकत्वमा छानबिन तथा अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत रामहरि सेढाईंले बताउनुभयो ।
‘बरामद गरिएको शंकास्पद आखेटोपहार हाम्रो जिम्मामा आएपछि नमुना परीक्षणको लागि शील लगाएर विधि विज्ञान प्रयोगशाला ललितपुर पठाएका छौँ । परीक्षणको नतिजा आएपछि मात्रै पुष्टि हुन्छ । ८-१० दिनभित्र आउला, त्यसपछि थप कार्बाही प्रक्रिया अघि बढाइने छ,’ सेढाइले बताउनुभयो ।
हात्तीको दाह्रा जस्तै देखिने १३ सेन्टिमिटर लम्बाइ र ९ सय ७५ ग्रामको एउटा आखेटोपहार र कछुवाको खपटाजस्तै देखिने १ सय ४ ग्रामको खैरो रङगको खगौतो बरामद भएको वन अधिकृत सेढाइको भनाई छ ।
कुन जनावरको कुन अङग वा कस्तो प्रकारको आखेटोपहार हो भनेर विधि विज्ञान प्रयोगशालाबाट मात्रै प्रमाणित हुने सेढाईंले बताउनुभयो । प्रयोगशालाको नतिजा आएपछि उनीहरुलाई त्यस अनुसार कार्बाहि हुने उहाँको भनाई छ ।
लोपोन्मुख जीवजन्तुको संरक्षण तथा संवद्र्धन गर्नु सबैको जिम्मेवारी भएका कारण यस्ता गैर कानुनी काम नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।
रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।