दुवै मृगौला फेल भएका सुमनलाई युएईमा १० लाख सहयोग

 पुस ६, २०७५ शुक्रबार १७:३:३४ | उमाकान्त पाण्डे

युएई – दुवै मृगौला फेल भएर युएईबाट नेपाल फर्किएका सुमन परियारका लागि युएईमा १० लाख रुपैयाँभन्दा धेरै सहयोग सङ्कलन गरिएको छ । 

सुमनको थप उपचार र परिवारका लागि आर्थिक सहयोग सङ्कलन गर्न चलाइएको अभियानबाट ३५ हजार दिर्हाम अर्थात १० लाख ५० हजार रुपैयाँ सङ्कलन गरिएको हो । गायक प्रकाश पौडेल, सन्जु तमु, पत्रकार उमाकान्त पाण्डे र  लक्ष्मण सापकोटा, भूमिका श्रेष्ठ लगायतको अगुवाइमा चलाइएको अभियानले दुई हप्तामा रकम सङ्कलन गरेको हो । 

युएईमा रहेका केही सामाजिक संस्था तथा व्यक्तिले थप ३ हजार दिर्हाम सहयोग गर्ने प्रतिवद्धता जनाएकाले प्रतिबद्धता जनाइएको रकम प्राप्त भएपछि पैसा सुमनको खातामा पठाउने तयारी छ । 

चितवन रत्ननगर–२ टाँडीका सुमन परियार युएईमा १९ औं पटक डायलसीस गराएर बिहीबार नेपाल फर्किनुभएको छ । आमा चन्दा परियारले आफ्नो मृगौला दिएर भएपनि छोरालाई बचाउने भनेपछि उहाँलाई नेपाल पठाइएको सुमन कार्यरत कम्पनीका म्यानेजर सन्जु तमुले बताउनुभयो ।

सुमनलाई नेपाल फर्काउन लाग्ने टिकटसहित सबै खर्च कम्पनीलेनै व्यहोरेको छ । सुमनको रेखदेख गर्न युएई आउनुभएकी उहाँकी श्रीमती सबिता परियारले सुमनलाई लिएर घर फर्किनुभएको छ । सबिताका लागि टिकटको खर्च अबुधाबीमा रहेका नेपालीले सहयोग गरेका छन् । 

शुक्रबारबाट मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलसीस गर्ने र चिकित्सकको सल्लाहमा मृगौला प्रत्यारोपण गरिने परिवारले जनाएको छ । 

सुमनका बारेमा उज्यालोमा प्रकाशित यी खबर पनि पढ्नुहोस् । 

युएई पुगेका सुमनका दुवै मृगौला फेल, आमाको पुकार–मेरो मृगौला दिन्छु, छोरो बचाइदिनुहोस्

‛कमाएर श्रीमानलाई सहयोग गरौंला भनेर पासपोर्ट बनाएँ, स्याहार गर्न विदेश आउनु पर्यो′ (भिडियोसहित)

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया