‘मेयरसाब’ले डोजर चलाउँदा पत्रकारसहित पाँचजना खोलामा खसे

 असार १, २०७५ शुक्रबार १४:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाइते भएका छन् ।

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी रञ्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल घाइते भएका हुन् । रेलिङ्ग भाँचिदा ५ जना फिर्के खोलामा खसेका थिए । पाँच जनामध्ये दुईजनाको अवस्था सामान्य छ ।

घाइते मध्ये पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ भने पत्रकार अधिकारी उपचारपछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य घाइते भएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो । मेयर जिसीले झुक्किएर डोजरको लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको र त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए । 

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ को अँधेरी कुनादेखि ड्यामसाइडसम्म फिर्केको ६ किमीको दूरीमा पैदलमार्ग बनाउने पोखरा महानगरको योजना छ । पैदलमार्ग बनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया