पति र एक हात गुमाएकी मेचेको सहयोगमा ६ लाख रुपैयाँ जुट्यो, घर निर्माण सुरु

 पुस ७, २०७५ शनिबार १७:५३:३८ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – सुत्केरी अवस्थामा नै पति बियोग र एक हात गुमाएकी असाहय देवी मेचेको शनिबार घरको शिलान्यास भएको छ ।

झापा मेची नगरकी मेचेकोे घर निर्माणका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जग्ग किनिदिनुभएको थियो । त्यही जग्गामा घर निर्माण गर्ने गरी शनिबार शिलान्यास भएको हो ।

कांग्रेस प्रवक्ता शर्माले छोरा शीर्षक शर्माको जन्मदिनको अवसरमा मेचीनगर ९ मा किनिदिनुभएको ७ धुर जग्गामा शनिबार घरको शिलान्यास गरिएको हो ।
दुई नाबालक सन्तानकी आमा मेचे पतिको मृत्यु र एक हात समेत नभएको कारण बिजोग अवस्थामा रहनुभएको थियो । उहाँको  सहयोगार्थ समिति गठन गरेर घर निर्माणका लागि एक महिनादेखि सहयोग उठाउन थालिएको थियो ।

अहिले उहाँको घर निर्माणका लागि ६ लाख नगद सहयोग रकम संकलन भएको छ । ६ लाख रुपैयाँ सहयोग प्राप्त भएकाले शनिबारबाट घर निर्माण थालिएको समितिका संयोजक बिजय डालमियाले जानकारी दिनुभयो । शनिबार मेचीनगर ९ खयरडागीमा नगरपालिकाका मेयर बिमल आचार्य, प्रदेशसभा सांसद गोपाल बुढाथोकी, कांग्रेस प्रवक्ता शर्माकी श्रीमती कविता शर्माले संयुक्त रुपमा देवी मेचेको घर शिलान्यास गर्नुभएको हो ।

मेचेका दुई सन्तानलाई शिक्षा दिनका लागि स्थानीय इस्टहोराइजन स्कुलमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनु भएको थियो । एक हातले मात्र जीवन चलाउँदै आउनु भएकी अतिबिपन्न परिवारकी देवीका ।ीमानको पनि मृत्यु भएपछि उहाँ बेसाहारा बन्नुभएको थियो ।

मेचेको पहिलो सन्तान ४ वर्षको भएको र काखमा अर्को छोरो साथै बृद्ध अवस्थाकी सासूआमा पनि आँखा नदेख्ने अवस्थामा हुनुहुन्छ । असाहय अवस्थामा रहनु भएकी मेचेलाई घर बनाइदिएर घरमा चाहिने सबै सामाग्री पनि उपलब्ध गराउने समितिका संयोजक बिजय डालमियाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया