वडा सचिव काउचा घुससहित अख्तियारको नियन्त्रणमा

 पुस ९, २०७५ सोमबार १४:२:४० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवल १३ का वडा सचिव सेवाग्राहीसँग घुस लिँदैै गर्दा सोमबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बुटवलको हाटबजार लाइनबाट बुटवल-१३ का वडा सचिव भरतकुमार काउचालाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनीबाट ५ हजार घुस समेत बरामद भएको छ ।

सेवाग्राहीसँग बसाइसराइ दर्ताको काम गर्न ५ हजार घुस लिँदै गर्दा काउचालाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख रबिलाल पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई आवश्यक अनुसन्धान पूरा गरेपछि काठमाडाैं पठाउने प्रमुख पन्थको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया