दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडौं – कृषि सामग्री किन्दा झण्डै १ करोड रुपैयाँ अनियमिता गरेको आरोपमा कृषि विकास कार्यलय दैलेखका कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनीहरुले कृषि सामग्री खरिद नै नगरी खरिद गरेको नक्कली बिल भरपाई बनाएर ९५ लाख ५१ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता अख्तियारको दाबी छ । उनीहरुमध्ये सबैभन्दा धेरै बागबानी विकास अधिकृत सूर्यनाथ योगीले १८ लाख ३६ हजार रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
नक्कली बिल बनाएर भ्रष्टाचार गर्नेहरुमा तत्कालिन घिमिरेसहित, वागवानी विकास अधिकृत सुर्यनाथ योगी र भुवनबहादुर मल्ल, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, नायब सुब्बा नमराज थापा, लेखापाल राम कुमार शाह, ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाही लगायत १३ जना रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।