राष्ट्रिय जलवायु सम्मेलन हुने

 पुस ११, २०७५ बुधबार १६:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस १६ गते हुनेछ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ ।

सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । औद्योगिक देशले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा औद्योगिक देशले कार्बन उत्सर्जनबाट गरेर कार्बन उत्सर्जन नगर्ने देशलाई शुःल्क तिर्नुपर्नेलगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले विश्वको सबैभन्दा महत्वका साथ कार्यसूचीमा राखिएको जलवायु परिवर्तनको विषयसम्बन्धी सम्मेलन सिन्धुपाल्चोकमा हुन लागेकोप्रति खुशी व्यक्त गर्दै नेपालले कार्बन उत्र्सजन गरेर कुनै गल्ती नै नगरी जलवायु परिर्वनको असर भोग्नुपरेको बताउनुभयो ।

पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले विश्वमा कार्बन उत्र्सजन गर्नेमा नेपाल चौथो स्थापनमा देखिएको तर नेपालले कार्बन उत्सर्जनको अवस्था शून्य हुँदा पनि सो मारमा नेपाली परेकोप्रति बृहत् छलफल गनुपर्ने जरुरी देखिएकाले सम्मेलन गर्नुपरेको बताउनुभयो ।

सिन्धुपाल्चोकमा सो सम्मेलनको आयोजना गर्न लागेको भए पनि जलवायु परिर्वतनको क्षेत्रमा जनप्रतिनिधि नै सहभागी भएर हुन लागेको यो पहिलो राष्ट्रिय सम्मेलन हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया