अपराध मच्चाउनेमाथि कडा रुपमा प्रस्तुत हुन मातहतका युनिटलाई महानिरीक्षक खनालकाे निर्देशन

 पुष ११, २०७५ बुधबार १८:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले निर्मला पन्तको घटनालाई आधार बनाएर नेपाल प्रहरीलाई अविश्वास नगर्न आग्रह गर्नुभएको छ ।

बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अनुसन्धानका घटनामा नेपाल प्रहरी सफल भइरहेको भन्दै एकाध घटनालाई आधार बनाएर नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभएको हो ।

हिंसात्मक अधिकांश घटनामा प्रहरी अनुसन्धान सफल भएको भन्दै महानिरीक्षक खनालले निर्मला पन्त लगाएतका थोरै घटनामा प्रहरीलाई सफलता नमिलेको बताउनु भएकाे हाे ।

उहाँले निर्मला पन्तको घटना अनुसन्धान गर्न चारवटा विज्ञ टोली खटिएको जानकारी पनि दिनुभयो । 

यस्तै खनालले तस्करी, गुण्डागर्दी, जबर्जस्ती चन्दा आतंक तथा अवैध हातहतियार बोकी अपराध मच्चाउनेमाथि कडा रुपमा प्रस्तुत हुन पनि उहाँले मातहतका युनिटहरुलाई निर्देशन दिनुभयो ।  

स्थलमार्ग हुँदै रुपन्देही पुग्नु भएका खनाल जिल्लाकाे चन्द्रौटा, कृष्णनगर, बुटवल र पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयले आयाेजना गरेकाे छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुनुभएकाे थियाे ।  

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया